अर्घाखाँची, २५ फागुन
नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एकता भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै रूपमा अगाडि बढेका छन् ।
पार्टी एकता हुदाँ तत्कालीन एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय रहेको मदन आश्रित भवनमा नेकपाको वोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । नेकपाको पार्टी कार्यालय अब नेकपा एमालेको पार्टी कार्यालय भएको छ । पार्टी कार्यालय उद्घाटनमा तत्कालीन एमाले माधव नेपाल पक्षका नेता कार्यकर्ताको खासै उपस्थित रहेको छैन ।
माओवादी केन्द्रबाट केपि ओलिको पक्षमा लागेका नेता कार्यकर्ताको भने उपस्थित रहेको एक नेताले बताए ।
कार्यक्रममा अध्यक्ष चेतनारायण आचार्य, प्रदेश सभाका सदस्य रामजिप्रसाद घिमिरे लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।