२६ फागुन, ।
कृष्ण अन्जान
रुरु
लामो समय समय भयो तानसेन रिडी तम्घास खण्छको रुरुक्षेत्र वडान १ को मकवादि देखि रुरुक्षेत्र ३ को फलाँटे सम्मको सडक किनारलाइ अज्ञात क्षेत्रले डम्पिङ साइटको रुपमा प्रयोग गर्न थालेको ।
तानसेन रिडी तम्घास मोटर बाटो मा यात्रा गर्ने जो कोहि पनि यो क्षेत्रमा आइपुग्दा नाक मुख थुन्न विवस छन ।
कस्ले कहाँवाट फोहर ल्याएर फाल्छ तर रातिको समयमा ढुवानिका साधनले प्लास्टिकका पोका र बोरामा लोड गरि यो क्षेत्रमा फोहर फाल्ने गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
नकुहिने प्लास्टिक र प्लास्टिक भित्र फोहरको डँगुर र यहाँ सम्मकि प्रयोेग भएका प्याड र सुइलगाइएका सिरीन्ज हरु समेत यो क्षेत्रमा फालिएको पाइएको सडक बिभागका सुपरवाइजर चिरन्जिवि ज्ञवालीले बताउनु भयो ।
सडकका किनार नालि र कलभर्टमा समेत फोहरको डँगुर छ ,हाम्रो काम सडक मर्मत सुधार गर्ने हो सडकको फोहर फाल्ने होइन सुपरवाइजर ज्ञवालीले आक्रोस पोख्नु भयो ।
आफ्नो क्षेत्रमा डम्पिङ साइट नबनाउने फोहर ल्याएर सडक क्षेउमा फाल्ने कहाँ सम्मको नालायकि पन हो र यसबारे तुरुन्तै सरोकारवाला हरुको ध्यान जानु पर्ने आग्रह रुरुक्षेत्र ३ का वडा सदस्य तिलक राज ज्ञवालीको धारणा छ ।
कुनक्षेत्रबाट यसरी फोहर ल्याएर फालिन्छ त्यसको नागरिक निगरानी पनि आवस्यक रहेको वडा सदस्य ज्ञवालीको भनाइ छ ।
पछिल्लो समय स्थानिय तह हरुमा डम्पिङ साइट निर्माण र फोहर व्यवस्थापन का कुरा चलेका छन तर आफ्नै क्षेत्रमा फोहर व्यवस्थापन गर्न नसकेर सडक क्षेत्रलाइ डम्पिङ साइट बनाउँदै फोहोरको थुप्रो लगाइदिने र बाताबरणिय प्रदुषण फैलाउने कार्य जो कसैले गरेपनि प्रशासनिक कारवाहि गर्नु पर्ने देखिन्छ ।
खोल्सा र कलभर्टमा फालिएको फोहर पानिले बगाएर सिधै तल भट्कुवा खोलामा पुर्याउने र यहि पानिका मुल हरु रिडीबजार क्षेत्रमा पिउने पानीको रुपमा प्रयोग हुने गरेको छ ।
फलाँटे देखि मकवादी सम्मको सडक र वरिपरिको जँगल क्षेत्र बन्यजन्तु हरु ओहोर दोहोर गर्ने क्षेत्र पनि भएकाले यसरी फालीएको फोहोर ती बन्यजन्तुले र बन्यजन्तु सँगै सो क्षेत्रमा चरनका लागि लगिएका घरपालुवा पशुले पनि खान सक्ने भएकाले पनि यो फोहर फाल्ने कार्य गैरकानुनी देखिएको छ ।
गुल्मी जिल्लाको प्रवेश द्वारको सडकक्षेत्रमा यसरी असभ्यता प्रदर्शन गर्दै फोहर फाल्ने जो कोहिलाइ पनि कानुनि दायरामा ल्याइ कारवाहि गरिनु पर्ने माग स्थानिय वासि हरुको रहेको छ । ।