२६ फागुन, । नेपालमा थप १०४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४६ र पुरुषको संख्या ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४८८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६३ जना निको भएर घर फर्किएका छन् ।डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ०५० पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ११ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५५ रहेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।