बसन्त श्रेष्ठ छापेली
२५ फागुन २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीको कार्यालयलाई नेपाल कम्युनिष्ट पाटी नेकपा एमालेको कार्यालयको रुपमा पुनस्थापना गरिएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि सन्धिखर्कमा रहेको नेकपाको मदन आश्रित स्मृति भबनमा रहेको पार्टी कार्यालयलाई साबिककै नेकपा एमाले कार्यालयको रुपमा पुस्थापना गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटि अध्यक्ष तथा केन्द्रीय सदस्य चेतनारायण आचार्यको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमकाबीच जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड स्थापना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले हर्षाेल्लासका साथ नाचगान सहित बोर्ड राखी कार्यालय पुन स्थापना हुदा खुसीयाली मनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति केन्द्रीय सदस्य रामजी प्रसाद घिमीरेले पाटीलाई कमजोर बनाएर फाइदा लिन खोज्ने शक्ती सक्रिय भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलनमा केही समस्या आएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सांसद समेत रहनुभएका नेता घिमिरेले प्रधानमन्त्री केपी ओलीले स्थिर सरकारका लागि चालेको कदम र सर्बोच्चको फैसलालाई सम्मान गर्दै अब सबै नेकपा एमालेको सूर्य चिन्हमा गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो । अहिले नेकपा एमालेमा साबिकको एमालेका नेता कार्यकर्ताहरु मात्रै नरहेको स्मरण गराउदै पार्टीमा महान जनयुद्धका योद्धाहरु पनि रहेकोले पाटीलाई अझ मझ्बुद बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले पाटी स्थायी कमिति सदस्य टोपबहादुर रायमाझी माओबादी धार छोडेर एमालेमै रहेको भन्दै अब रायमाझी सगैं राजनीतिक यात्रा अगाडि बढाउने बताउनुभयो ।
पार्टी कार्यालय पुनःस्थापना कार्यक्रममा बोल्दै जिल्ला कमिटि अध्यक्ष तथा केन्द्रीय सदस्य चेतनारायण आचार्यले कम्युनिष्ट आन्दोलन बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वपूर्ण योग्दानका कारण नेपाली कम्युनिष्ट आन्दोलन बचेको दाबी गर्नुभयो । लुम्बिनी प्रदेश सांसद समेत रहनुभएका नेता आचार्यले आजको एमाले एकता पछिको एमाले भएको भन्दै पाटी अझ बढि सुदृढ बनाउदै सबैको मनोभावनालाई सम्बोधन गरेर पाटी अगाढि बढ्ने बताउनुभयो । हजारौ जनआन्दोलनका घाइते, आपाङ्ग र पूर्व लडाकुहरु केपी ओलीको मार्गदर्शन र प्रगाढ राष्ट्रबादलाई आत्मसाथ गर्न तयार भएको भन्दै जिल्लाका कम्युनिष्ट शक्ति एक ढिक्का भएर अगाढि बढ्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले नेताहरुबाट जतिसुकै धोका र षड्यन्त्र भएतापनी ओलीको कुशल नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन क्षतबिक्षत हुनबाट बचेको दाबी गर्नुभयो । पार्टीका जिल्ला अध्यक्ष समेत रहेका आचार्यले आफ्नो पार्टी सिध्याउन अनेक रुपमा घुसपैठ हुनसक्ने र भित्रिन सक्ने भन्दै सचेत र सजग रहन कार्यकर्ताहरुलाइ अपिल गर्नुभयो । आचार्यले पूर्व माओबादी नेता टोपबहादुर रायमाझीको खुलेर प्रशंसा गर्दै उहाँलाइ शिर्षस्थ नेता मान्न तयार रहेको बताउनुभयो । नेता रायमाझी र चन्द्रबहादुर खड्का पद छोड्न तयार रहेको तर ओलीको नेतृत्व छोड्न नसक्ने खुलेर बताइसकेको भन्दै आचार्यले कसैलाइ भ्रममा नपर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेताहरु केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री, नेताहरु रामबहादुर रायमाझी, केबी भुसाल लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा नेता जनार्दन खनालको स्वागत मन्तब्य र जिल्ला कमिटि सदस्य पिताम्बर भुसालको सञ्चालन रहेको प्रचार बिभाग प्रमुख तिलक मिश्रले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टी नेताहरू श्रीकृष्ण भुसाल, शिव अधिकारी, ईश्वरा पोख्रेल, रामचन्द्र पोख्रेल, मोतिजङ्ग रायमाझी, सफी मियाँ, तिलक मिश्र लगायतको आतिथ्यता रहेको पाटी कार्यालय सचिव लिलबहादुर बि.कले जानकारी दिनुभयो ।