फाल्गुन २७
कृष्ण अन्जान
गुल्मी ।
महाशिवरात्रिको पावन अवसरमा रुरुक्षेत्रका विभिन्न शिवशक्ति पिठ हरुमा मेला भर्ने दर्शनार्थी हरुको भिड लाग्यो ।
रुरुक्षेत्र २ को अचम्मेश्वर महादेव र स्याङ्जाको किपट क्षेत्रको भृगु तुँगेश्वर मन्दिर मा बिहानै देखि भक्तजन हरुको भिडलागेको थियो ।
पवित्र कालिगण्डकीमा स्नान गर्ने र शिवमन्दिर मा जल धुप दिपका साथै बेलपत्र चढाउन स्थानिय गाउँघरबाट भक्तजन हरुको ठुलो सँख्या अचमेश्वर र भृगुतुँगेश्बर मन्दिर मा पुगेका थिए ।
महाशिवरात्रि मेलालाइ लक्षित गरि मन्दिर व्यवस्थापन समितिहरुले यि मन्दिर हरुलाइ झकिझकाउ गरि सजाउनुका साथै श्रदालु हरुका लागि पिउने पानी तथा प्रसादको समेत व्यवस्था गरेका थिए ।
यी शिव मन्दिर हरुमा यसक्षेत्रका ग्वादि याडुँग ओखलढुँगा झमादि थोर्गा च्युरेक भट्कुवा रिडी अस्लेवा कोटाकोट कारिकोट क्षेत्रबाट दर्शनार्थी हरु आएको याडुँगका समाजसेवि रामु कुवरले जानकारी दिनु भयो ।
शिवरात्रीको मेलालाइ व्यवस्थित रुपमा सन्चालन गर्न अचमेश्वर शिव मन्दिर क्षेत्रमा प्रहरी कार्यालय रिडीले विशेष सुरक्षा व्यवस्था समेत मिलाएको थियो ।
यसै गरि रुरुक्षेत्र १ च्यूरेकको गोलपोखरीमा रहेको शिव मन्दिरमा पनि महाशिवरात्रिको अवसरमा मेला लागेको छ । बिहानै देखि मन्दिरमा रुद्रिपाठका साथै मन्दिर व्यवस्थापन समितिले धार्मिक अनुष्ठान को आयोजना गर्नुका साथै ठुलो सँख्यामा स्थानिय हरु मन्दिरमा फुलप्रसाद र बेलपत्र चढाउन पुगेको रुरु१ का मुमेश्वर ज्ञवालीले जानकारि दिनु भयो ।
मन्दिर परिसरमा साँझ स्थानिय च्युरेक भजन समुहको शिव लगाएत अन्य भजन प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको थियो ।