फाल्गुण २८ गते
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरूरी परेको खण्डमा जुनसुकै समयमा आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ ।
बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै आन्दोलन हिंसात्मक नहुने बताउदै आवश्क्ता परेको अवस्थामा आन्दोलनको आँधीबेरी सिर्जना गरिने अध्यक्षले प्रचण्डले बताउनुभयो ।
लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति हुने उहाँले बताउनुभएको छ । संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
दलित, मधेशी, आदिवासी जनजाति, मुस्लिमलगायतले पाएका अधिकारबाट पछाडि फर्कने त होइन भन्ने उहाँको आशंका रहेको छ । यसरी संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको उहाँको आरोप छ।