फाल्गुण २८ गते
झिमरुक गाउँपालिका वडा नं। ७ की २८ वर्षीया सुशीला कँवरको विहीबार साँझ भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
गाउँकै सालामेला रामपानी भिरबाट अन्दाजी दुई सय मिटर तल खसेर कँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
सुशीलालाई बचाउन खोज्दा उहाँका श्रीमान ३३ वर्षीय नारायण कँवर घाईते भएको उहाँले जानकारी दिनुभयो । उहाँको प्युठान अस्पताल विजुवारमा उपचार भइरहेको छ । घट्नाको थप विवरण आउन बाँकी रहेको समेत सूचना अधिकारी गैरेले बताउनुभयो । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी हिजो नै घटनास्थल पुगेको प्रहरीले बताएको छ ।