बुटवल, फाल्गुण २९ गते
न्यु होराइजन कलेज तिलोत्तमा १ ड्राइभरटोल, रुपन्देही परियोजना कार्यको भाइभा सम्पन्न भएको छ । वि.एस्सी. चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले रशायनशास्त्र, जीव विज्ञान तथा गणित विषयको प्रोजेक्ट वर्क (४०६) पेपर उत्तीर्ण गर्नको लागि परियोजना कार्य (प्रोजेक्ट वर्क) तयार गरी भाइभा दिनुपर्ने र सोही अवसरमा विद्यार्थीहरुले आफूले तयार गरेको परियोजना कार्यलाई प्रिजन्टेशनको रुपमा प्रस्तुत गरेका हुन् ।
औपचारिक रुपमा सुरु गरिएको परियोजना कार्यको भाइभा कार्यक्रममा यू होराइजन कलेजका क्याम्पस प्रमुख श्री लोकनाथ उपाध्यायको अध्यक्षता रहेको थियो भने न्यू होराइजन कलेज व्यबस्थापन समितिका अध्यक्ष श्री निर्मल प्रसाद लाकौलको प्रमुख आतिथ्यता रहेको थियो । कलेजका संयोजक तारानाथ भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णमा लक्ष्मण प्रसाद गौतमले धन्यवाद मन्त्वय राख्नुभएको थियो । यसैगरी न्यू होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्यायले वि.एस्सी.का विद्यार्थी भाइबहिनी हरुले महिनौ लगाएर तयार गरेका े परियोजना कार्य, यसको विषय वस्तु, निकालेका निष्कर्ष , प्रस्तुति कला अनुकरणीय रहेको भन्दै आगामी पीढिंका लागि समेत उपयोगी हुने कुरा बताउनु भयो ।
यसैगरी कलेजका सहायक क्याम्पस प्रमुख एवं होराइजन गौतम बुद्ध मा.वि.का प्राचार्य गोपाल प्रसाद आचार्यले विद्यार्थीहरुलाई खोज र अनुसन्धानमूलक कार्यमा उत्प्रेरित गर्नका लागि न्यू होराइजन कलेजले विगत वर्षहरुबाटै वि.एस्सी. चौथो वर्षमा परियोजना कार्य लेखनको सुरुवात गरेको र स्नातक तहमा गरिएको थेसिस लेखनले विद्यार्थीहरुलाई मास्टर्स डिग्रि, एम.फिल र पी.एच.डी या अन्य यस्तै अनुसन्धानात्मक लेखनका लागि आधारको काम गर्ने कुरा बताउनुभयो । परियोजना लेखनको प्रस्तुतिकरण र भाइभा कार्यक्रमको सञ्चालन प्राध्यापक प्रदिप अर्यालले गर्नुभएको थियो ।
कार्यक्रममा पुजन भुसालले औषधि निर्माण र प्रयोगमा गणितको प्रयोग, पुनम बस्यालले मानव र जङ्गली हात्ती विचको द्वन्द्व, कपिल अर्यालले विभिन्न फलफूलमा भिटामिन सी को मात्राको अध्ययन जस्ता विषयमा साथै अन्य विद्यार्थीहरुले विभिन्न विषयमा प्रिजन्टेशन दिएका थिए ।
परीयोजना कार्यको प्रयोगात्मक परीक्षाका लागि बाह्य परिक्षकको रुपमा भैहवा बहुमुखी क्याम्पसबाट जुलोजी विषयको लागि उप–प्राध्यापक रीना शर्मा लम्साल, गणित विषयको लागि प्राध्यापक सचिदान्द पाठक र रशायनशास्त्र विषयको लागि उप–प्राध्यापक प्रदिप कुमार पाण्डेको उपस्थिति रहेको थियो ।
परीयोजना कार्य लेखनमा रशायनशास्त्र विषयबाट ८ जना, जुलोजी विषयबाट ५ जना र गणित विषयबाट ३ जना विद्यार्थीरुले प्रिजन्टेशन प्रस्तुत गरेका थिए । भने सहायक क्याम्पस प्रमुख गोपाल प्रसाद आचार्यले विद्यार्थीहरुलाई थप उत्प्रेरणा, हौसला र गहिरो ज्ञान प्राप्त होस भन्ने उद्देश्यले छुट्टै प्रिजन्टेशन तयार गरी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वि.एस्सी.मा प्राध्यापनरत प्राध्यापकहरु प्रकाश घिमिरे, श्रीराम पौडेल, ध्रव अर्याल, खगराज घिमिरे , सूर्य बहादुर राना दिपक ज्ञवाली, मित्रलाल मरासिनी, दिपक बस्याल, नरबहादुर राना, खेमराज रिजाल, प्रशासन प्रमुख मुकुन्द भट्टराई , गिरी बहादुर रास्कोटी र वि.एस्सी. तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।