२ चैत, ।
नेपालमा थप ७९जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७५ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय ९५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४४ रहेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।