२ चैत, गुल्मी।
बिश्व उपभोक्ता अधिकार दिबस गुल्मीमा अन्र्तक्रिया कार्यक्रम गरी मनाइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा जिल्लाका उद्योगी ब्यापारी पत्रकार लगायतको उपस्थितीमा जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अधिबक्ता बिनोद पाण्डेले उपभोक्ताहरुले अपनाउनुपर्ने सचेतना , कानूनी ब्यबस्था र क्रेता र बिक्रेताले ध्यान दिनुपर्ने बिषयमा प्रस्तुतीकरण गरेका थिए भने जसको टिप्पणी नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले गर्नुभएको थियो ।
यता गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष इश्वरी पौडेलले अनुगमनलाई निरन्तरता दिनका लागि आग्रह गरे ।उनले अनुगमनाका लागि चाडपर्व नै कुर्न नपर्ने र बस्तु उत्पादन हुने स्थानबाट नै गुणस्तरता मापन गर्ने ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै चेम्बर अफ कर्मशका अध्यक्ष युवाराज न्यौपानेले उपभोक्ताहरुलाई पनि संगै राखेर कार्यक्रम गरेको भए उत्तम हुने धारण राख्नुभयो ।
कार्यक्रममा उठेका बिषयबस्तुहरुलाई कार्यालयले प्रतिबेदन तयार गरी प्रदेशमा पठाउने कार्यालयका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
यता घरेलु तथा साना उद्योग कार्यालयले दिबसको अबसरमा उपभोक्ता अधिकारमा बिधार्थीको भूमिका बिषयमा निबन्ध लेखन प्रतियोगिता समेत आयोजना गरेको थियो ।
प्रतियोगितामा ब्रिलियन्ट युनाइटेड एकेडेमीका अर्बिन केशी,रिचा श्रेष्ठ प्रथम ,अर्जुन आवसीय माध्यमिक बिद्यालयकी छात्रा कृतिका केशी द्धितृय, आर्दश बिद्या आश्रम इङलिस बोडिङकी सुजता पाण्डे,शिद्धबाबा माध्यमिक बिद्यालयकी अनुजा गिरी,अर्जुन आवसीय माध्यमिक बिद्यालयका गौरब मरासिनी र आर्दश बिद्या आश्रम इङलिस बोडिङकी अर्पण भण्डारी तृतिय भएका छन् ।
यस्तै बुद्ध माध्यमिक बिधालयकी सपना परियारले सान्तवना स्थान हासिल गरेकी थिइन् । प्रतियोगितामा प्रथम ,द्धितृय,तृतिय ,सान्तवना स्थान हासिल गर्ने र सहभागीहरुलाई पुरस्कार संगै प्रमाणपत्र प्रदान गरिएको थियो ।