३ चैत, गुल्मी ।
धुर्कोट गाउपालिका वडा नम्बर ३ हाडहाडे स्थित लालिगुरास महिला उद्यम समूहले एक आर्थिक अवस्था कमजोर परिवारलाइ आज एक समारोहका बिच उपहार प्रदान गरेको छ।
भोकालाइ एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने मुलमन्त्रका साथ धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारिमा सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तर्गत गठन गरिएको समुहले धुर्कोट गाउपालिका वडा न.३ मोरमारे निवासी जिता जि सिको परिवारलाइ लाई एक वटा कुखुराको पोथी उपहार प्रदान गरिएको हो।
समुहमा मिति २०७७ फाल्गुण ११ गते देखि१४ गते सम्म संचालन भएको चार दिने हेफर आधारशिला तालिम पश्चात् गरिएको सामुहिक कार्ययोजना अनुरुप उपहार प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता लक्ष्मण सुनारले जानकारी दिनुभयो ।