५ चैत्र गुल्मी ।
खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । हामीले समय समयमा प्रस्तुग गर्ने गरेका छौं कि एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाए ।
त्यस्तै एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत चनेर बनाएका थियौं । यस्ता विरलै पढ्न पाउँछौं त्यस्तै रहेको छ गुल्मीमा । गुल्मीको मुसिकोट नगरपालिका–३ पेगा गाउँका ७७ वर्षीय बिष्णुबहादुर पाण्डे बुबाका १२ जना छोराहरु रहेका छन् भने ९ जना छोरी छन् ।
उक्त २१ जना छोरा–छोरीका बाबु बिष्णु पाण्डे एक्लै भएपनि आमाहरु भने ३ वटी रहेका छन् । पाण्डेले कमाएको सम्पत्ती छोरा–छोरीका शिक्षा खर्चिएको परिणाम स्वरुप उनकी एउटी छोरी नेपाल सरकारको सीडीओसहित ८ जना छोरा–छोरी र बुहारी सरकारी जागिरे छन् ।
जेठा छोरा कर्णबहादुर पाण्डे यसअघि जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत थिए, भने हाल उनी काठमाडौंस्थित वन तथा वातवरण मन्त्रालयमा कार्यरत छन् । अर्का छोरा दलबहादुर पाण्डे सशस्त्र प्रहरीका डीएसपी रहेका छन् । अर्का छोरा मानबहादुर पाण्डे सशस्त्र प्रहरी निरीक्षक रहेका छन् ।
अर्का छोरा चन्द्रबहादुर पाण्डे पृथ्वी माध्यामिक विद्यालय मुसिकोट नगरपालिका–३ मैदानका प्रधानाध्यापक रहेका छन् । अर्का छोरा बुद्ध पाण्डे सोही विद्यालयका लेखापाल रहेका छन् । अर्का छोरा रमेश पाण्डे कोष तथा लेखा निरीक्षक कार्यालयका सुब्बातहका कर्मचारी रहेका छन् ।
छोरी देवी पाण्डेले हालै पर्वत जिल्लाको सीडीओ अर्थात् प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी छन् । अर्का छोरा सुदन पाण्डे हालै नेपाल प्रहरीमा भर्ती भई बुुटवलमा तालिम गरिरहेका छन् । भारतमा रहेकी पाण्डेकी कान्छी श्रीमतीतर्फको छोरी पनि त्यहाँँको सरकारी कार्यालयको कर्मचारी हुन् ।
छोरा रमेश पाण्डेकी श्रीमती स्वरुपमा पाण्डे घरेलु तथा साना उद्योग विकास कार्यालयकी अधिकृत स्तरकी कर्मचारी हुन् । योसँगै पाण्डे परिवारका ९ जना सरकारी जागिरे छन् । अझ पाण्डेकी छोरी सरस्वती पाण्डे घिमिरे मुसिकोट नगरपालिका कार्यपालिका सदस्य हुन्, उनले पनि सरकारी भत्ता बुझ्ने गरेकी छन्, उनलाई समेत गणना गर्ने हो भने एकै परिवारका १० जना सरकारी अंगमा छन् ।