धुर्कोट , गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा रहेको बडाखोला महिला उद्यम समुहले सामुहिक उपहार प्रदान गरेको छ ।
धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनसिल सामुदायिक बिकास केन्द्रद्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा न १ नयाँगाउमा गठित बडाखोला महिला उद्यम समुहले प्रती सदस्य ३५ का दरले ५६० जम्मा गरि साबधारा प्रा. बि कक्षा १ मा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थी एमुना रानालाई एक कार्यक्रमका बिच १ दर्जन कापी, १ प्याकेट पेन्सिल, उपहार प्रदान गरिएको हो ।भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै समुहमा न्यायोचित एबम दिगो बिकासको लागि हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरे बमोजिम आर्थिक अबस्था कमजोर भएका साबधारा प्रा. बिमा अध्ययन गर्ने विद्यार्थी तथा सोही समुहकी सदस्य साबित्रा रानाको छोरी एमुना रानाको घरमा आर्थिक अबस्था कमजोर भएको र बास्तबिक आबस्यकताको पहिचान गरि उपहार गरिएको समुहका सम्पुर्ण सदस्यहरुले बताउनु भएको छ।बडाखोला महिला उद्यम समुहकी अध्यक्ष रुपा थापाको अध्यक्षता, धुर्कोट गाँउपालिका वडा नम्बर १ का वडा सदस्य तुल्सा रानाको प्रमुख आथित्यता रहेको थियो । समुहकी कोषाध्यक्ष सुस्मा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन समूहकि सचिब गङ्गा कुँवर मगरले गर्नु भएको परियोजनाका सहजकर्ता बिष्णु कुवरले जानकारी दिनुभयो ।