पाल्पा, चैत १२
पाल्पाको रिब्दीकोट गाँउपालिकामा यहि चैत १० गतेदेखि सुरु योग प्रशिक्षण कार्यक्रम आज (बिहिबार) सम्पन्न भएको छ ।

रिब्दीकोट गाँउपालिका र पालुङ्गमैनादी आयुर्वेद औषधालयको आयोजनामा योग प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको थियो । रिब्दीकोट गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जि सिको अध्यक्षतामा गरिएको उद्घाटन सत्रमा रिब्दीकोट गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी खनालको विशिष्ट आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्याल, लेखा अधिकृत मन्जु पन्थी, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक माधव प्रसाद वस्याल, जिल्ला समन्वय समिति सदस्य एव योग प्रशिक्षक कमला थापा तथा रिब्दीकोट गाँउपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु तथा सदस्यहरुको आतिथ्यता साथै समाजसेवी, कर्मचारी लगायतको सहभागिता थियो ।

कार्यक्रममा पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डा रोमहर्ष नेपाल, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक माधव प्रसाद वस्याल तथा योग प्रशिक्षक कमला थापाले सहभागीहरुलाइ रिब्दीकोट गाँउपालिकाको सभाहलमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका विभिन्न वडाका सहभागीहरुले योगको सैदान्तिक ज्ञान साथै प्रशिक्षक सङ्गै प्रयोगात्मक योग अभ्यास गर्नु भएको थियो ।