अजय खड्का,
चैत्र १२, गुल्मी – गुल्मी सेवा समाज कतारले ढाड भाचिएका दिपकलाई आर्थिक सहयोग गरेको छ ।
करिब दुइ वर्ष अघि ट्र्याक्टर दुर्घटनामा परि ढाड भाचिएर विस्तरामा थलापरेका गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नं २ का दिपक विकलाई वैदेशिक रोजगारीमा रहेका गुल्मीका युवाहरु द्वारा संचालित समाजिक संस्था गुल्मी सेवा समाज कतार शाखाले नगद १५ हजार १ सय रुपैयाँ सहयोग गरेको हो ।
संस्था मार्फत संकलन गरि संस्थाका अध्यक्ष कुमार अबिरल पन्थि मार्फत पठाइएको रकम सामाजिक संस्थामा कृयशिल अभियान्ता एवम् रेसुंगा नगरपालिकाको सूचना प्रविधि शाखामा कार्यरत हिमशिखर रसाइलीले हस्तान्तरण गर्नु भएको थियो ।
आर्थिक अभावका कारण विस्तरामा लडिरहेका निज दिपकलाई थोरै भएपनि उपचारमा सहयोग पुग्ने हेतुल उक्त रकम हस्तान्तरण गरीएको हिमशिखर रसाइलीले बताउनुभयो ।
यस संस्थाले दुइ दशकदेखि अनवरत रुपमा समाजका दिनदुखीहरुको सेवा र सहयोग गर्दै आइरहेको उक्त संस्थाले जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको र अहिले विदेशमा अलपत्र परेका नेपालीहरु लाई खानाको व्यवस्था र निःशुल्क टिकटको व्यवस्था गर्दै आएको छ । संस्थाले हाल शैक्षिक क्षेत्रमा योगदान पु¥याउने हेतु जिल्ला भित्रका १२ वटै स्थानीय तहका दुई –दुई वटा विद्यालय हरुमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।