काठमाडौ ,
चैत १३- नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७० जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार २ सय ९९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५२ रहेको छ । यसै गरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।