तम्घास चैत १३
गुल्मीमा एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरि गर्भधारण गराएको खुलासा भएको छ ।
बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरे गर्भधारण गराएको प्रहरीले खुलासा गरेको हो ।
जिल्ला प्रहरी कार्यालका प्रवक्ता डिएसपी पुर्षोत्तमप्रसाद पाण्डेका अनुसार पीडित बालिकाको आमाले प्रहरीलाई हिजो जाहेरी दिएकी हुन् । बाबु बाग्लुङ पुगेकाले उनलाई त्यहीँबाटै नियन्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेको डिएसपी पाण्डेले जानकारी दिनुभयो । बालिका २० हप्ताको गर्भवती रहेको पनि उहाले बताउनुभयो ।
स्थानीयका अनुसार छोरीलाई बाबुले कुट्ने मार्ने धम्की दिँदै आएका थिए । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले ती व्यक्ति विगत १५÷१६ वर्षदेखि धामीको काम गर्दै बसेको बताउनुभयो । परिवारलाई छोरी गर्भधारण गराएको कुरा बाहिर ल्याए कुट्ने, मार्ने धम्की दिँदै दमन गरेर राखेका र कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो वडाध्यक्ष भलामीले भन्नुभयो ।