चैत १३,
गुल्मी- नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र धुर्कोट गाउँकमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
धुर्कोट गाउँपालिका वडा न.ं४ जैसिथोकको कुमारी मन्दिर परिसरमा सम्पन्न भेलामा पालिकाको अबको रणनीति र आगामी राजनैतिक तथा सागठनिक योजना निर्माण गर्ने बिषयमा छलफल गरिएको छ ।
धुर्कोट गाउँपालिका पार्टी इन्चार्ज तथा सचिवालय सदस्य चन्द्र वि.क.को अध्यक्षता रहेको बैठकमा जिल्ला सचिव तथा प्रदेश सचिवालय सदस्य विरबहादुर कार्किको प्रमुख आथित्यता, प्रदेश कमिटि सदस्य निम बहादुर पाण्डे, बद्धि जि.सि, जिल्ला कार्यलय सदस्य तथा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको विशेष आथित्यता रहेको थियो ।
त्यस्तै जिल्ला सदस्य विरेन्द्र कुवँर, कमला घर्ति, कविता वि.क, महेन्द्र वि.क, रामु परियार, रामप्रसाद भण्डारी, विद्यार्थी नेता राजन पोख्रेल लगायतको आथित्यता रहेको थियो ।
जिल्ला सचिवालय सदस्य एवम गाउँकमिटि अध्यक्ष गोपाल कुवँरको सञ्चालनमा सम्पन्न भएको भेलामा करिब ३ सय भन्दा बढिको उपस्थिति रहेको थियो ।