राधा पोख्रेल
धुकोट ,चैत १४ – “आफ्नो गाउँ आफै बनाउ “भन्ने मुल नाराका साथ छल्दि युवा क्लब धुर्कोट गाउपालीका वडा नम्बर ५ वस्तुले सरसफाई कार्यक्रम गरेको छ ।

सरसफाई अभियान अन्तर्गत बस्तु पौडि देखि डिठ्ठापोखरा सम्म टोल सरसफाई गरेको हो । उक्त सरसफाई कार्यक्रममा हिमालय माध्यमिक बिद्यालय वस्तु , हिमबिद्यालयालय प्राथमिक , रेडक्रस , प्रहरी चौकी वस्तु र बस्तु वाशिहरुको उपस्थित रहेको थियो ।

वडा सदस्य नरहरी भण्डारी, स्वास्थ्य चौकी वस्तुका प्रमुख डिल्लिराज पराजुली, सहायक क्यापस प्रमुख गणेश ज्ञवाली , हिमाल माध्यमिक बिद्यालयका साहायक प्राध्यापक चिरञ्जीवी भन्डारी , हिमालय आधारभुत बिद्यालयका शिक्षक नारायण पान्डे , क्लब का प्रतिनिधिहरुको पनि सरसफाई अभियानमा सहभागिता रहेको क्लबका अध्यक्ष सुवास पाण्डेले जानकारी दिनुभयो । उक्त क्लवले बिभिन्न समयमा सरसफाई अभियानसगै बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।