चितवन,चैत १५ – पश्चिम चितवनमा बस र स्कुटर एकापसमा ठोक्कीदा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।
चितवनको पकौडीमा भएको उक्त दुर्घटनामा ज्यान गुमानेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार दुईको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।