पाल्पा,
चैत १५- पाल्पामा लागू औषध सहित एक युवक पक्राउ परेका छन ।
आइतबार बिहान दोभान प्रहरीले चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषध सहित स्याङ्जाको वालिङ् नगरपालिका वडा नम्बर ९ को राउतडाँडा बस्ने २५ वर्षका सुमन गाहालाई पक्राउ गरेको हो । शंका लागेपछि चेकजाँच गर्ने क्रममा गाहाको साथबाट ७० वटा फेनेरागन, नुफिन ३३ वटा, २ थान सिरिन्ज फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।