गुल्मी, चैत १७ – तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागि खेलाडिहरुको सम्मान तथा बधाई कार्यक्रम सरस्वति माध्यमिक बिद्यालय छत्रकोट ३ भेडुवा गुल्मीमा सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झक बहादुर मिदुनकोे अध्यक्षतामा कार्यक्रम गरिएको हो । अथितिहरुमा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्र बहादुर नेपाली, बिद्यालय व्यवस्थापन समितिका सदस्यहरु देबिप्रसाद पन्थ, झबिन्द्र कार्की, माधवी अधिकारी, तेजमाया बिक,डिल बहादुर थापा रहनुभएको थियो ।
३२ जना खेलाडिलाई सम्मान गरिएको छ । खेल शिक्षकहरु रामचन्द्र बिक र शंकर महोत्रा, सहयोगदाता,सन्तोष खनाल,झक बहादुर झेडि, खिम बहादुर महोत्रा, कृष्ण महोत्रा, कमल टण्डनलाई पनि सम्मान गरिएको थियो । खेलाडिलाई खादा मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।
सहभागि ३२ जनामध्ये ३१ जनाले मेडल प्राप्त गरेका छन । सबैभन्दा धेरै ४ स्वर्ण र १ कास्य सहित ५ पदक जित्ने बिष्णु सोमरे उत्कृष्ट खेलाडिको रुपमा सम्मानित भएका छन । प्रधानाध्यापक भुवन टण्डनले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा समापन तथा बधाई मन्तव्य बिद्यालय व्यवस्थापन समिति अध्यक्ष झक बहादुर मिदुनले गर्नुभएको थियो । बिद्यालयले ६ स्वर्ण ,२ रजत र १० कास्य प्राप्त गरि छत्रकोट गाउपालीकाको रनिङशिल्ड प्रतियोगितामा दोस्रो भएको छ ।
कार्यक्रममा स्वागत शिक्षक डिलाराज खनालले गर्नुभएको थियो ।सहजिकरण शिक्षक लक्ष्मण भण्डारीले गर्नुभएको थियो ।