सुर्य सुनार
चैत २१ ,गुल्मी
जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा सञ्जाल निर्माण बैठक सम्पन्न भएको छ

सदरमुकाम तम्घासमा शुक्रबार जिल्लाका स्थानीय सरकारका प्रमुख तथा सुरक्षा निकायको उपस्थितमा सम्पन्न भएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा मात्र नभई मुलुकका विभिन्न क्षेत्रमा आगलागि भइरहेको समयमा जिल्ला डिभिजन वन कार्यालय गुल्मीले आगलागि नियन्त्रण सम्बन्धी न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको सापकोटाले बताउनुभयो । स्थानीय सरकारका प्रमुखहरुलाई स्थानीय सरकारले आगलागि नियन्त्रण सम्बन्धी आगमि रणनिति के कस्तो बनाउने भन्ने विषयमा छलफल गरिएको उहाँले बताउनुभयो ।

वन क्षेत्रमा आगलागि गर्ने कुनै पनि व्यक्तिलाई आवश्यक कारबाही गरिने भएको छ । जिल्लामा आगलागि नियन्त्रणका लागि डिभिजन वन कार्यालय गुल्मीले सचेतना कार्यक्रम पनि संचालन गरिरहेको छ ।