अनिल खत्री
२१ चैत, गुल्मी – गुल्मीमा आगलागिमा परेर एक जना वालिकाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–७ वाग्ला धाराखोली निवासी ९ वर्षकी संगीता परियारको आगलागिमा परि शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । शुक्रवार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा वनमा लागेको आगलागिमा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सल्ला सामुदायिक वनमा लागेको आगोमा बाटोमा हिडने क्रममा आगोमा परेर जलेको प्रहरी नायव उपरिक्षक पाण्डेले बताउनुभयो ।