कृष्ण अन्जान
रुरु ,बैशाख १३ – कोभिड महामारीबाट वच्न रुरुक्षेत्र रुपन्देही विद्यार्थी सम्पर्क समाजले यस क्षेत्रका विद्यालयहरुमा मास्क र सेनिटइजर लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

गुल्मीको रुरुक्षेत्र ३ को राष्ट्रिय माध्यमिक विध्यालय कोटमा वडाध्यक्ष शेषनारायण पौडेल र विध्यालयका प्रधानध्यापक रमेश पौडेललाइ सँयुक्त रुपमा विद्यार्थी समाजका तर्फबाट मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको थियो ।
यसैगरी रिडी माध्यमिक विध्यालयमा पनि प्रधानध्यापक रोहित भण्डारीलाइ रुरुक्षेत्र रुपन्देही विध्यार्थी समाजका अध्यक्ष आशिष गौतमले स्वास्थ सामाग्री हस्तान्तरण गर्नु भएको थियो । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा विध्यार्थी समाजका प्रतिनिधिहरु उषा ज्ञवाली ,राजीव गौतम ,रन्जना ज्ञवालीको उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व सहितको काम गरेकोमा रुरुक्षेत्र रुपन्देही विध्यार्थी समाजका विध्यार्थी प्रतिनिधिहरुलाइ रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शेषनारायण पौडेल र राष्ट्रिय माध्यमिक विध्यालयका प्रधानाध्यापक रमेश ज्ञवालीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसैगरि रिडी माध्यमिक विध्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक रोहित भण्डारीले विध्यार्थीहरुले गरेको यो सहयोगले कोभिडको सँक्रमणबाट बच्न ठुलो सहयोग भएको बताउनु हुँदै सामाजिक उत्तरदायित्वको कामप्रति धन्यवाद दिनु भएको थियो ।
यस्तै ज्ञवा मावि बलेटक्सारलाइ पनि सेनिटाइजर र मास्क बितरण गरिएको छ ।