अनिल खत्री
१३ बैशाख, गुल्मी – गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षका प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोेत्तमप्रसाद पाण्डेले बताउनु भयो । मुखियाले बिजुलीको पोलमा चढेर काम गरिरहेको अबस्थामा करेन्ट लागेर घाइते प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको पाण्डेले बताउनु भयो ।