गुल्मी,बैशाख १४
राधा पोख्रेल – गुल्मी जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा संक्रिय संक्रमितहरु ७७ जना रहेका छन् ।मंगलबार छत्रकोट गाउपालीकामा १ जना , गुल्मीदरबारमा १ जना, कालीगण्डकीमा २ जना, मदाने १ जना ,रुरुक्षेत्रमा १ जना ,चन्द्रकोट गाउपालीकामा १ जना, धुर्कोटमा २ जना गरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि सहजकर्ता सुजन ढकालले जानकारी दिनुभयो । दोसा्रे लहरको कोरोना संक्रमणबाट जिल्लामा ४ जनाको मृत्यु भएको छ । यो सगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।