बैशाख १६
गुल्मी – गुल्मीमा मास्क नलगाई हिड्नेलाई प्रहरीले १५ मिनेट नियन्त्रणमा लिई सम्झाई बुझाई मास्क लगाएर पठाउन थालेको छ ।
जिल्लाप्रहरी कार्यालय गुल्मीले सडकमा हिड्ने र सवारी साधनमा यात्रागर्नेहरुले मास्क नलगाएको पाइएकाले मास्क लगाउन आग्रहगर्दै मास्क पनि दिन थालेको छ । बुधबारसम्म मास्क नलगाउने ४५ जनालाई १५ मिनेट सम्झाई बुझाई मास्क लगाएर मात्र पठाइएको जिल्लाप्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
कोरोना माहामारीको समयमा सबैलाई मास्क लगाउनआग्रह गरिएको र यदि कसैले अटेर गरेमा उनीहरुलाई कानुन अनुसारको कारवाही गर्ने पनि प्रहरीले जनाएको छ ।यस्तै ट्राफिक प्रहरीले सवारी साधनहरुमा समेत चेकजाँचमा कडाई गरेको छ । सवारी साधनहरुले सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको र मास्कलगाएको नलागाएको बारेमापनि चेकजाँचगरिएको ट्राफिक प्रमुख कृष्णप्रसादआचार्यले जानकारी दिनुभयो ।यदि कसैले स्वास्थ्यको मापदण्ड पुरा नगरेमा संक्रामक रोग ऐन २०२० र स्थानीयप्रशासन ऐन २०२८ अनुसार कारवाहीगर्ने जिल्लाप्रशासनकार्यालय गुल्मीले चेतावनीदिएको छ ।