महेश बोहोरा ,
गुल्मी ,बैशाख १६ – अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिब्र गतिले बढेको छ । गुल्मी जिल्लामा पनि आजसम्म नयाँ भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ६५ जना पुगेको छ भने ४ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि आज जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र गुल्मीको बैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । बन्द रहेको पिसिआर ल्याव सञ्चालनको लागी समेत गाउँपालिका र नगरपालिकाबाट केही रकम संकलन गरेर अगाडी बढ्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले बताउनुभयो ।
जिल्लास्थित सरोकारवालाहरुको उपस्थितिमा बैठक बसी पार्टी प्यालेस, जिमखाना,ब्युटी पार्लर, शैलुन, स्विमिङ्ग पुल आमसभा, जुलुस सबै खाले खेलकुदका गतिबिधि बन्द गर्ने निर्णय भएको छ । मठमन्दिर गुम्बा चर्चमा नित्य पुजा बाहेक धार्मिक तथा सांस्कृतिक गतिबिधि गर्न रोक लगाएको छ । मेला महोत्सव, बार्षिक उत्सव सभा सम्मेलन, गर्न समेत बन्द गरिएको छ । जिल्लाका बिद्यालयहरुमा भौतिक उपस्थिितिमा पठनपाठन र परिक्षा स्थगित गर्ने र अन्य बैकल्पीक माध्यमको प्रयोग गरी सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै बिवाह ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु सकेसम्म घरमै गर्ने र पार्टी प्यालेसमा गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्कृति लिई २५ जना भन्दा कमको उपस्थितिमा गर्ने निर्णय भएको छ । होटल तथा रेस्टुरेन्टले बिहान ८ बजे देखि ५ बजेसम्म टेकअवे र होम डेलिभेरी मात्र उपलब्ध गर्ने निणर्य गरेको छ ।