राधा पोख्रेल
तम्घास ,
बैशाख ३० -नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र जिल्ला समिति गुल्मीले देशका सरकारी तथा निजि अस्पतालहरुले अक्सिजन अभावमा आफ्नो बिरामीको व्यवस्था आफै गर्न भनेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।यस जटिल अवस्थामा कुनै पनि बिरामी मृत्युको मुखमा नपरोस भन्दै नागरिकहरुको जिवन सुरक्षाको लागि अक्सिजन र उपचारको व्यवस्थागर्ने दायित्व सरकारको रहेकाले संक्रमितहरुको उपचारमा लाग्न सरकारलाई अनुरोध गरेको छ ।यस्तै अहिलेको अवस्थामा नागरिकहरुलाई आफै सचेत रहि अति आवश्यक काम नपरि घरबाहिर ननिस्कन ,निस्कनै परे स्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह गरेको छ ।पार्टि सचिव बिरबहादुर कार्कीद्धारा हस्ताक्षरित बिज्ञाप्तिमार्फत अहिलेसम्म कोरोना का कारण मृत्यु भएकाहरुप्रति श्रद्धान्जली र संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।