अनिल खत्री
३० बैशाख, गुल्मी – गुल्मीमा कोरोना परिक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आएको छ । सदरमुकाम तम्घासमा रहेको कोरोना परिक्षण प्रयोगशाला बन्द भएको ३ महिनापछि पुनः संचालनमा आएको हो ।गत वर्षको असोज महिनामा सञ्चालनमा आएको उक्त प्रयोगशाला आवश्यक बजेट अभाव भएको भन्दै फागुनबाट बन्द भएको थियो । कोरोना प्रयोगशाला जिल्लाका १२ वटा स्थानीय तहले प्रतिवद्धता जनाए अनुसारको रकम उपलब्ध नगराउदा बन्द भएको थियो ।प्रयोगशाला बन्दसँगै कर्मचारीले तलव समेत नपाएर रिक्तो हात घर फर्किनु परेको थियो । तर अहिले नगरपालिकाले ३ र गाउँपालिकाले २ लाख रकम संकलन भएपछि प्रयोगशाला संचालनमा आएको हो ।प्रयोगशाला स्थापना परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवालीले गर्ने र जिल्लाका स्थानीय तहले सञ्चालनको जिम्मा लिने सहमति गरिएको थियो ।