गुल्मी,
जेठ ६ – गुल्मीमा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१ जना पीसीआर पोजेटिभ र २० जना एन्टीजेन पोजेटिभ रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । जिल्लामा दोश्रो लहरमा फैलिएको कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार १ सय २६ पुगेको छ। अहिले सम्म कोरोना मुक्त हुनेको संख्या ३ सय २० रहेको छ । यस्तै जिल्लामा हालसम्म ६१ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।