चुरामणि तिमिल्सीना,
रिडि ,जेठ ८- पाल्पाको जोर्तेमा मालबाहक ट्रक दुर्घटना भएको छ । विहान करिब पौने छ बजेतिर बुटवल बाट तम्घास तर्फ आइरहेको ना २ ख ९५८२नको ट्रक रिब्दिकोट गाउँ पालिका वडा न २ जोर्तेमा दुर्घटना ग्रस्त भएको हो ।ट्रकमा चालक सहित २ जना रहेका थिए २ जनालाई नै प्रहरी चौकी अर्गली पाल्पाले उद्दार गरि युनाइटेड मिसन अस्पताल पठाएको प्रहरीले जनाएको छ ।घाइते हुनेहरुमा चितवनका अन्दाजी बर्ष ४५ का चालक हिरलाल चौधरी , र सोही जिल्लाका अन्दाजी बर्ष २८ का सहचालक सिकारम चौधरी रहेको प्रहरीले जनायको छ। घाइते मध्य चालक चौधरीलाइ हात खुट्टा मुख तथा सरिरमा चोटपटक लागेको छ भने सहचालक सिकारामलाइ हातमा चोट लागेको छ। दुर्घटना ब्रेक नलागेर भएको प्रहरीले जनाएको छ ।