जेष्ठ ११
नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद चन्द्र भण्डारीको पहलमा प्राप्त स्वास्थ सामाग्री रुरु प्राथमिक स्वास्थ केन्द्रमा हस्तान्तरण गरिएको छ ।
स्वास्थ सामाग्री हरुमा आठ सय थान सर्जिकल मास्क ,एघार लिटर सेनिटाइजर ,१० लिटर सोडियम हाइप्रोक्लोराइड र स्प्रे पम्प चन्द्र भण्डारीका तर्फबाट समाजसेवी तथा व्यवसायि धातानन्द कँडेलले रुरु प्राथमिक स्वास्थ केन्द्र रिडीका प्रमुख समेत रहनु भएका डाक्टर विकाश पन्थीलाइ हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा नेता चन्द्र भण्डारीको सन्देश सुनाउँदै समाजसेवी कँडेलले यो प्रारम्भिक सहयोग मात्र भएको र अन्य सहयोग पनि जारि रहने बताउनु भयो ।
रुरु प्राथमिक स्वास्थ का प्रमुख डाक्टर विकास पन्थीले सहयोग का लागि धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुरुक्षेत्र १ युवा नेता किशोर श्रेष्ठ र अमूल्य श्रेष्ठको उपस्थिती रहेको कृष्ण अन्जानले खबर पठाउनुभएको छ ।