रामकृष्ण कडेल ,
जेठ १२ गुल्मी -युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब चारपालालाई गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका ७ लामडाडाका स्थायी बासिन्दा हाल लगजम्बरलाई कर्मथलो बनाई रहनु भएका सामाजिक अभियन्ता सोमान सिंह बस्नेतको पहलमा संकलित २ लाख रकम दरबार देउराली दर्शन सेवा समाज चारपाला र युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब चारपाला ले प्राप्त गरेको क्लबका अध्यक्ष इन्द्र बहादुर थापाले बताउनुभएको छ ।
प्रबासमा चारपाला बासी एक हौ मनलाई फराकिलो बनाऔ दुस्ख पिडामा सहयोग गरौं ू भन्ने मुल नाराका साथ गुल्मी चारपालाको विपद् व्यवस्थापन तथा सामाजिक,धार्मिक र सांस्कृतिक उत्थानको क्षेत्रमा कार्य गर्दै अगाडि बढिरहेको दरबार देउराली दर्शन सेवा समाज चारपाला र युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब ९ग्ज्ँऋ० चारपालाको सहयोग अभियानमा हातेमालो गर्दै नेपाल देखि प्रवासको यात्रा तय गर्ने क्रममा सामाजिक ब्याक्तित्वहरु सोमान सिंह बस्नेत (गुल्मी युरो ५६० , हरि बहादुर खत्री (गुल्मी युरो ५०१ ,गोकर्ण थापा (बागलुङ युरो३०५ मित्रलाल शर्मा ( गुल्मी युरो १११, मिन बहादुर बस्नेत ( गुल्मी युरो १००, बालकृष्ण सापकोटा ( अर्घाखाँची युरो ७५ ,रमाकान्ता शर्मा ( गुल्मी युरो ७५ ,प्रेमलाल शर्मा ( गुल्मी युरो , दिपेन्द्र बस्नेत (बिराटनगर युरो ५१ नारायण सिंह खत्री (गुल्मी युरो ५१, युवराज खत्री (बागलुङ युरो ५१ , राम बहादुर खत्री (अर्घाखाँची युरोप २५, खेम राउत (स्याङ्जा युरो २१, छम बहादुर खत्री ( बागलुङ युरो २० , द्रोण बहादुर खत्री (गुल्मी २०, जीवन गुरुङ ( पोखरा युरो २० , सीता खत्री( बागलुङ युरो १५ , शोभा जि।सि। ( बागलुङ युरो १५,झलक महत (म्यादी युरो १५ गरी जम्मा नेपालि रु २ लाख पठाइएको हो ।
विशेष गरि कोभिड्को महामारीलाई मध्यनजर विभिन्न अभियानलाई सहयोग अनुरोध गर्दै क्लबलाइ आर्थिक संकलन गरि सहयोग प्रदान गर्नु भएको अध्य्क्ष थापाले बताउनु भयो । क्लबले नेपाल पत्रकार महासंघ शाखा गुल्मीको अक्सिजन प्लान्ट अभियानको लागि ने रु ५०,००।( ९नेरु पचास हजार मात्र ० , गुल्मीदरबार गाउँपालिकाको केन्द्रमा अबस्थित आसुलेसन सेन्टरको लागी नेपाली रुपैया ५०,०००।( ९पचास हजार ०,युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब चारपाला र दरबार देउराली दर्शन सेवा समाजले संचालन गरेका दुई अभियानहरु अक्सिजन संकलन कन्सलटेटर मेसिन सहयोग संचालन ूआफू बाचौ अरुलाई पनि बचाऔ ूअभियानको लागि नेरु ३५,०००।( ९नेपाली रुपैया पैतिस हजार ० साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ ूकलम साथै मल्हमू अक्षयकोष अभियानको लागि नेरु६५,०००।( ९नेपाली रुपैया पैसठ्ठी हजार ०गरि मानवीय अभियानलाई नगद स्वरुप जम्मा नेरु २,००,०००।( ९नेपाली रुपैया दुई लाख ० अध्यक्ष थापाले भन्नुभयो यस महामारीमा मानवीय सहयोग प्रदान गर्नु भएको छ ।
यहाँहरुलाई हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्दछौ । साथै यहाँहरुको यो पवीत्र मानवीय सहयोगले कोभिडका बिरामी ,दुखी पीडित परिवार ,साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुको जीवनमा सहयोग मिल्ने बिश्वास लिएका छौ । हजुरहरुको साथ सहयोगले हामिलाई थप हौशला मिलेको छ । यो सहयोग अविस्मरणीय रहिरहने छ । थापाले हामी यहाँहरु लगायत समस्त परीवारको सुख शान्ती, समृद्धि, उत्तरोत्तर प्रगतिको कामना सहित सु (स्वास्थ्य एबम दिर्घायूको प्राथना गर्दछौ भन्नुभएको छ ।
यस्तै गुल्मीदरबार गाउँपालिका वडा नं ७ मा रहेको युनाईटेड हेल्थ एण्ड फिटनेस क्लबले गुल्मीदरबार गाउँपालिका वडा नं। ३ को गौडाकोट स्वास्थ्य चौकीमा रहेको आइसोलेशन सेन्टर संचालन तथा व्यवस्थापनका लागि रकम रू ५०,०००।( ९पचास हजार० सहयोग गरेको केही दिन नबित्दै पुस्न एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप गाउँपालिकालाई क्लबका अध्यक्ष ईन्द्र थापाले हस्तान्तरण गर्नु भयो।