राधा पोख्रेल
तम्घास ,जेठ १२
संबिधानको बिपरित संघिय लोकतान्त्रीक गणतन्त्रको बिरुद्धमा जेठ ७ गते प्रधानमन्त्रीले चालेको अलोकतान्त्रीक कार्यलाई राष्ट्रपति बिद्यादेबि भण्डारीले सदर गरेको भन्दै गुल्मीका ५ दल एकै ठाउमा उभिएर आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
नेपाली जनाताको त्याग बलीदान र संर्घषबाट प्राप्त ऐतिहासिक उपलब्धीलाई समाप्त गर्दै निरङकुसताबाद र सर्वसत्तावाद मार्फत मुलुकलाई अस्थिरतातर्फ धकेलेको पार्टीले जनाएका छन ।
५ दलको संयुक्त बिज्ञाप्तिमा भनिएको छ, संसद बिघटनको कदमबाट मुलुक नया राजनैतिक ध्रुबिकरण र जटिलता तिर धकेलिएको छ, निर्वाचानको नाममा सत्ता लम्ब्याउने दुरासयबाट प्रेरित भई घोषित आम निर्वाचानले कोरोना संक्रमणको महामारीको भयावह अवस्थामा जनतालाई झन गम्भीर संकटमा पुर्याएको हाम्रो बुझाई छ ।
राष्ट्रिय जनमोर्चाका हरि न्याउपाने, जनता समाजवादी पार्टीका उपाध्यक्ष घनश्याम पाण्डे,नेकपा एमाले सचिब सोमनाथ सापकोटा, माओवादी केन्द्रका सचिव बिर बहादुर कार्की र नेपाली कांग्रेशका सभापति भुवनप्रसाद श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञाप्ति मार्फत प्रतिनिधिसभालाई रातारात बिघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंबैधानिक ,स्वेच्छाचारी, निरङकुश र प्रतिगमनकारी कदमको घोर भ्रत्सना गरिएको छ ।