गुल्मी,
जेठ १२-
नेकपा माओवादी केन्द्र छत्रकोट गाउपालीका गुल्मीले श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
पार्टीको केन्द्रिय निर्देशन अनुसार स्थानिय महानुभावलाई स्वास्थ्य सेवा दिनको निम्ति आफ्नो पालीकाबाट यथासक्य स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराइएको नेकपा माओवादी केन्द्रका नेता लोकनाथ पाण्डेले बताउनुभयो ।
सोहि अवसरमा नेता पाण्डेले प्राथमिक स्वास्थ्य केन्द्रले बिभिन्न ठाउबाट प्राप्त गरेको सहुलियत सामाग्री र सहयोग सामाग्रीहरु के कति प्राप्त गर्यो,के कति उपयोग गर्यो,कसरी कार्यक्रम अगाडि बढेको छ ,कोरोना नियन्त्रणको लागि कसरी अगाडि बढेको छ ,सार्वजनिक गर्नेपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य सामाग्री बुज्दै छत्रकोट गाउपालीकाका कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत पुण्यप्रसाद पौडेलले बिभिन्न क्षेत्रका सरोकारवालाहरुले यस्तो महाकारीको बेलामा उपलब्ध गराइएका सामाग्रीहरु उचित ढंगले प्रयोग भएको र अवस्था अनुकुल बनेपछि सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कुनै एउटा संस्था र व्यक्तिले दिएको सामाग्री पर्याप्त नभएपनि यसरी सरकारलाई सहयोग गर्नको निम्ती बिभिन्न ठाउँबाट सहयोग हुदा ठुलो राहात महसुस भएको बिचार व्यक्त गर्नुभयो ।कार्यक्रममा वडाध्यक्ष डिलाराम न्याउपाने ,माओवादी केन्द्रका नेताहरु रामप्रसाद पाण्डे,रामचन्द्र कँडेल लगायत स्थानिय र स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो ।