राधा पोख्रेल
तम्घास,जेठ १३
गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ परेका छन । जिल्लाको रुरुक्षेत्र गाउपालीका वडा नम्बर २ रुद्रवेणिका १८ वर्षिय एक युवाले ११ वर्षिय बालीकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो । घरमा खेली रहेको अवस्थामा ललाई फकाई गरी लुकामारी खेल्न जाँउ भनि स्थानिय खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगी जबरजस्ती करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी.कार्यालय.रिडिबाट प्रहरी निरिक्षक .सुबराज बमको कमाण्डमा ५ जनाको टोली खटिई ति पुरुषलाई नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला .प्रहरी .कार्यालय गुल्मीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।