गुल्मी,जेठ १४
गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ १५ गते (भोली) राती १२ बजे सकिदैछ । थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे कानुन अनुसारको कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।