राधा पोख्रेल,
तम्घास /जेठ १६ – गुल्मीमा पछिल्लो २४ घण्टामा २१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
सत्यवति गाउपालीकामा १३ ,रेशुंगा नगरपालीकामा २ जना,धुर्कोट गाउपालीकामा १ जना, चन्द्रकोट गाउपालीकामा २ जना,छत्रकोट गाउपालीकामा १ जना,रुरुक्षेत्र गाउपालीकामा १ जना,इस्मा गाउपालीकामा १ जना गरि २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५६ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ६२९ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ७६ जनाले ज्यान गुमाएका छन् ।