राधा पोख्रेल
जेठ १७ – गुल्मीमा पछिल्लो २४ घण्टामा २९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
मुसिकोट नगरपालीकामा १२ जना,रुरुक्षेत्र गाउपालीकामा ८ जना ,मदाने गाउपालीकामा २ जना,धुर्कोट गाउपालीकामा २ जना,कालीगण्डकी गाउपालीकामा ३ जना,छत्रकोट गाउपालीकामा १ जना,सत्यवति गाउपालीकामा १ जना गरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ६३२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । छत्रकोट गाउपालीका वडा नम्बर ६ का ४१ वर्षिय पुरुष र इस्मा गाउपालीका वडा नम्बर ६ का ७८ वषिय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ७८ जनाले ज्यान गुमाएका छन् ।