चुरामणि तिमिल्सिना
रिडि,जेठ २१- गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ काउलेमा मालबहाक ट्रिपर दुर्घटना भएको छ ।

दुर्घटनामा चालक घाइते भएको स्थानिय रोमाकान्त भण्डारीले जानकारि दिनु भयो । रिडी देखि रिमुवा सम्म बालुवा बोकेर हिडेको लु २ ख ३६२२ नब्बरको ट्रिपर बाटो सानो भएको र साइड हेर्दा हेर्दै दुर्घटना भएको स्थानियले बताएका छन ।

घाइतेलाई उपचारको लागि बलेटक्सार लगिएको भण्डारीले बताउनुभएको छ । उनको परिचय खुलेको छैन ।