चुरामणि तिमिल्सीना
रिडि -गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ काउलेमा मालबहाक टिप्पर दुर्घटनामा घाइते भएका चालकको पहिचान खुलेको छ । चालक सत्यवति गाउँपालिका वडा नम्र २ चेहेमिका २९ बर्षका खेमराज पाण्डे रहेको घाइते भएको स्थानिय रोमाकान्त भण्डारीले जानकारि दिनुभयो । रिडी देखि रिमुवा सम्म बालुवा बोकेर हिडेको लु २ ख ३६२२ नम्बरको टिप्पर बाटो सानो भएकोले र बाटो हेर्दा हेर्दै दुर्घटना भएको वडा न५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले जानकारि दिनु भयो । घाइतेलाई उपचारको लागि श्रृङगा प्राथमिक स्वास्थ चौकिमा लगिएको ज्ञवालीले बताउनु भयो । घाइते पाण्डे सामान्य अबस्थामा रहेको ज्ञवालीको भनाइ छ ।