राधा पोख्रेल
जेठ २४,तम्घास- गुल्मीमा पछिल्लो २४ घण्टामा १४० जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ६ जना र एन्टीजेन परिक्षण गर्दा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि अफिसर सुजन ढकालले जानकारी दिनुभयो ।सत्यवति गाउपालीकामा ९५ जना, इस्मा गाउपालीकामा १५, छत्रकोट गाउपालीकामा १३ जना,रुरुक्षेत्र गाउपालीकामा ९ जना,मुसिकोट नगरपालीकामा ४ जना र धुर्कोट गाउपालीकामा २ जना गरि १४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ६०४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।चन्द्रकोट २ की ६२ वर्षिय महिला र मुसिकोट ४ की ८१ वर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८६ जनाले ज्यान गुमाएका छन् ।