राधा पोख्रेल
जेठ २६ तम्घास– गुल्मीमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा १३ जना र एन्टीजेन परिक्षण गर्दा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । इस्मा गाउपालीकामा १४ जना,मुसिकोट नगरपालिकामा १२ जनाधुर्कोट गाउपालीकामा ७ जना, रेसुंगा नगरपालीकामा ५ जना, कालीगण्डकी गाउपालीकामा २ जना , छत्रकोट गाउपालीकामा २ जना, सत्यवति गाउपालीकामा २ जना,र चन्द्रकोट र मालीका गाउपालीकामा १–१ जना गरि ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ५५० जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा दोस्रो लहर सु? भएपछि कोरोना भाइरस संक्रमणका कारण ८७ जनाले ज्यान गुमाएका छन् ।