गुल्मीमा निषेधाज्ञाको कारण बन्द रहेका बैंकहरु संचालनमा

सुर्य सुनार ,

गुल्मी ,जेठ २६ – गुल्मीमा कोरोना भाइरस नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको कारण बन्द रहेका बैंकहरु मंगलबार देखी संचालनमा आएका छन् । बैंक संचालन भएपछि वृद्धाभत्ता लिन पाउदाँ सहज भएको सेवाग्राही बताउन्छन् । तर बजारमा भिड् भने बढी देखिएको छ । जसले गर्दा कोरोना संक्रमण हुने त्रास सिर्जना भएको छ ।
कोरोना भाइरस नियन्त्रणको लागि प्रशासनले बैंकहरु बन्द गरेको थियो । बैंकहरुमा बढी भिडभाड हुने हुदाँ प्रशासनले बैंकहरु बन्द गरेको हो । जिल्लामा कोरोना भाइरस संक्रमणमा कमी आए पछि यही जेष्ठ २२ गते बसेको डिसिएमसी को बैठकले बैंकहरु संचालन गरेको प्रशासनले जनाएको छ । बैंक संचालन भएपछि गाउँ देखी सदरमुकाममा बैंकमा पैसा झिक्ने काममा मानिसहरु आएका छन् । जिल्लाका विभिन्न ठाउँबाट बैंकमा पैसा लिनेको भिड् बढेको छ । बैंक संचालन भएपछि वृद्धाभत्ता लिन पाउदाँ सहज भएको मालिका गाउँपालिका वडा नम्बर १ का कर्णबहादुर श्रीस र मालिका गाउँपालिका वडा नम्बर ६ का खुमलाल पन्थीले बताए ।
बैंक संचालन भएपछि गाउँ देखी सदरमुकाममा बैंकमा पैसा झिक्ने काम सेवाग्राही आउने हुदाँ कोरोना संक्रमण दर बढ्ने आशंका गरिएको ग्लोबल आइएमई बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए ।
बिहान ७ बजेदेखि १० बजेसम्म बैंकहरु संचालन गर्नका लागि आग्रह गरिएको प्रशासनले जनाएको छ । बैंक सचालन गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने आवश्यक स्वास्थ्य सुरक्षा अपनाई संचालन गर्नका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

You might also like