छत्रकोट गाउपालीकामा सिलन्यास गरिएको स्थानमै अस्पताल बनाउन स्थानियद्धारा गाउँपालिकाको ध्यानाकर्षण

छत्रकोट गाउँपालिकामा निर्माण गर्न लागिएको अस्पतालका बिषयमा स्थानियले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन ।

 

जेठ २७
छत्रकोट गाउँपालिका

छत्रकोट गाउँपालिकामा निर्माण गर्न लागिएको अस्पतालका बिषयमा स्थानियले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन ।

श्रृङ्गा प्राथमिक स्वास्थ्यकेन्द्रको स्तरउन्नती गरि १५ सैयाको अस्पताल बनाउने संघिय सरकारको कार्यक्रम अनुसार, प्राथमिक स्वास्थ्यकेन्द्रको जग्गा ब्यवस्थापन गरि, सिलन्यास भईसके पछि पनि निर्माणकार्य अगाडी नबढाईएको र अन्यत्र जग्गा ब्यवस्थापन गरि निर्माणकार्य अगाडी बढाउन गागिएको भन्दै स्थानियले ध्यानाकर्षण गराएका हुन ।

केहि समय पहिले वडा नं. ४ का वडा अध्यक्ष लगायतले जग्गा पहिचान गरि प्रक्रिया अगाडि बढाएको र पछि गाउँपालिकाले अन्यत्र जग्गा ब्यवस्थापन गरि, सिलन्यास गरिएको स्थानमा निर्माण नगरि नयाँ ठाउमा निर्माण गर्न लागिएको स्थानियले बताएका छन् ।

ध्यानाकर्षण पत्र बुझाउदै स्थानिय भेषराज कडेलले सिलन्यास गरिएको स्थानमा निर्माण गर्नुपर्ने र नयाँ ठाउमा निर्माण गरिए संघर्ष गर्ने बताउनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले नियमानुसार गाउँपालिका अगाडि बढ्ने बताउनु भएको थियो ।

You might also like