नेता चन्द्र भण्डारीको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री सहयोग

सूर्य सुनार

गुल्मी, जेष्ठ २८ – देश नै अहिले कोरोना महामारीको महा विपद्धमा छ । महामारीको अवस्थामा जनतालाई साथ दिन नेपाली कांगे्रश केन्द्रीय नेता डा। चन्द्र भण्डारीको पहलमा गाउँ गाउँ र टोल टोलमा पुग्ने अभियान संचालन गर्नुभएको छ । त्यस्तै नेता भण्डारीको पहलमा गुल्मी क्षेत्र नम्बर १ र २ का सबै स्वास्थ्य संस्था देखी गाउँ गाउँमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर २ का स्वास्थ्य संस्थालाई स्वास्थ्यसामाग्री पठाउनुभएको छ । कोरोनाका कारण धेरैले ज्यान गुमाउनु परेको र धेरै सङक्रमीत भै हस्पिटलको शैयामा छट्पटाई रहेको यो संकटको घडीमा थोरै भए पनि मलम लगाउँन सकिन्छ कि भनेर स्वास्थ्य संस्थामा स्वास्थ्यसामाग्री अभावमा कुनै व्याक्तिले ज्यान गुमाउन नपरोस र स्वास्थ्यकर्मीले जोखिम मोल्न नपरोस भनेर डा। चन्द्र भण्डारीले स्वास्थ्यसामाग्री पठाएको नेपाली कागे्रशका क्षेत्र नम्बर १ का सचिव सन्तोष गौतमले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर २ का सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाउनुभएको होे । जसमा ४० हजार मास्क, ५ लिटरका ४० गेलिन सेनिटाइजर र ४० वडा पल्सअक्सिमिटर सहयोग गरिएको हो । नेपाली कागे्रशका क्षेत्र नम्बर १ का सबै वडाहरुमा पनि स्वास्थ्य सामग्री वितरण गरिसकिएको छ ।
नेपाली कांगे्रशका नेता डा। भण्डारीले गुल्मी क्षेत्र नम्बर २ का सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाई सहयोग गरेकोमा जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठले धन्यवाद दिए । जनताको जिवन रक्षा गर्न नेता भण्डारीले थोरै भएपनि सहयोग गरेकोमा जनता संग कांगे्रश पाटी संगै छ भने कुरा पुष्टि भएको उहाँले बताए । जिल्लामा ठूला विपत्त आइपर्दा कांगे्रश पाटी सधै जनता संग सहकार्य भई अघि बढ्डेको श्रेष्ठले उल्लेख गरे । कोरोना नियन्त्रण गर्न सरकारले ध्यान नदिएर जनताको जिवन संग ख्यालवाड गरेको आरोप लगाए ।कोरोना भाइरस विशेष गरी पछिल्लो समय समुदाय स्तरमा फैलिएको हुदाँ जनताले स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गर्नुपर्ने जिल्ला पाटी सचिब खिल्ध्वज पन्थीले बताउनुभयो । कोरोना भाइरसलाई कसैले पनि सामान्य नठान उहाँले आग्रह गरे । नेपाली कांगे्रशले जिल्लामा ठूला विपत्तमा जनता संग सदै सहकार्य गरी काम गरेको पन्थीले बताए । वडाका विपन्न वर्गलाई विशेष प्रथामिकतामा राखेका स्वास्थ्य सामग्री वितरण गर्न वडा सभापतिलाई पन्थीले निर्देशन समेत दिए ।स्वास्थ्य सामग्री वितरण गर्न जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठ, सचिब खिल्ध्वज पन्थी, नेपाली कागे्रशका क्षेत्र नम्बर १ का सचिव सन्तोष गौतम, कांगे्रश नेता लोकप्रसाद खरेल, कालीगण्डकी सहसंयोजक अशोक ठकुरी, मालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्याल सहितको टोलीले स्वास्थ्य सामग्री वितरण गर्न गएको थियो ।

You might also like