राधा पोख्रेल
जेठ ३०, तम्घास–गुल्मीमा पछिल्लो समय कोरोना संक्रमितहरु घटिरहेका छन ।
जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।पिसिआर परिक्षण गर्दा २ जना र एन्टीजेन परिक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।सत्यवति गाउपालीकामा ६ जना, मदाने गाउपालीका र रेसुंगा नगरपालीकामा १–१ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४घण्टामा ३० जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ४८० जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।