राधा पोख्रेल ,
तम्घास ,जेठ ३१ – गुल्मीमा निषेधाज्ञा १ हप्ता थप भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा १ हप्ता थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समय अबधिभर बिहान ७ बजेदेखी ११ बजेसम्म खाद्यन्न पसल, फलफुल,तरकारी ,माछामासु ,पशुपन्छीका दाना ,निर्माण सामग्री,पेट्रोलियम पदार्थ, दुध पानी ,ग्यास,स्टेशनरी तथा पुस्तक पसल संचालन गर्न पाइनेछ ।
यस्तै बैङक वित्तिय संस्था ,सहकारी, वीमा कम्पनीहरु पनि बिहान ७ बजेदेखी ११ बजेसम्म संचालन हुनेछन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निषेधाज्ञालाई कसैले अबज्ञा गरे कोभिड १९ संकट ब्यबस्थापन सम्बन्धमा ब्यबस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
यसअघि जेठ २४ गते राति १२ बजेदेखि जेठ ३१ गते आजसम्म निषेधाज्ञा लगाइएको थियो यसलाई बढाएर असार ७ गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय भएको छ ।